अन्न भण्डार मानिने सप्तरीमा ७० प्रतिशत खेती आकाशे पानीको भरमा

यहाँ नेपालकै पुरानो चन्द्र नहर, कोशी पश्चिम नहर र ३३ वटा साना ठूला सिँचाइ आयोजना सञ्चालनमा छन् । तर, चन्द्र नहर र कोशी पश्चिमी नहरको मर्मत सम्भार गर्न नसक्दा ती प्रणालीले कमाण्ड एरियासम्म पनि पानी पुर्‍याउन सकेको छैन ।

फाल्गुन ३, २०८२

विद्यानन्द राम

70 percent of farming in Saptari, considered a granary, relies on rainwater

What you should know

सप्तरी — अन्नको भण्डार मानिने सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षले ओगटेकोबाहेक १ हजार २८ हजार १ सय हेक्टरमध्ये ५७.६९ प्रतिशत अर्थात ७३ हजार ९ सय ७ हेक्टर जग्गा कृषि योग्य छ ।

त्यसमध्ये यहाँ ७२ हजार ४ सय ८२.४५ हेक्टर जग्गामा खेती गरिन्छ । यहाँको मूख्य पेशा कृषि हो । यहाँका १ लाख ४ हजार ६ सय ६० कृषक परिवारमा १० वर्ष उमेरभन्दा माथिको ६०.४२ प्रतिशत जनसंख्या कृषि कार्यमा संलग्न छ ।

यहाँ वार्षिक करिब २ लाख ६३ हजार मेट्रिक टन धान उत्पादन, ९९ हजार २२ मेट्रिक टन दुध र १२ हजार ८ सय ८८ मेट्रिक टन मासु उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ । यहाँका राजविराज, हनुमाननगर, कञ्चनपुर, कल्याणपुर, बोदे बरसाइन, पातो, फत्तेपुरलगायत उदयीमान बजार हुन् । यहाँ थोक तथा खुद्रा व्यापार र मोटर गाडी तथा मोटरसाइकल मर्मत जस्ता क्षेत्रमा जम्मा ९ हजार ५ सय ३३ व्यवसाय सञ्चालित छन् । त्यसमा १६ हजार ५ सय १८ जनशक्तिले काम पाएका छन् भने १ हजार ३ सय २१ होटल तथा रेष्टुरेन्टमा २ हजार ६ सय ४२ जनशक्ति संलग्न छ । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterसप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित मुलुककै पहिलो सिँचाई प्रणाली चन्द्र नहर । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

पछिल्लो समय यहाँ मधेश कृषि विश्वविद्यालय सञ्चालनमा आएको छ । राजविराजमा अवस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई अत्याधुनिक बनाउने ७७ करोडको योजना सम्पन्न हुन अन्तिम चरणमा पुगेको छ । सरकारी स्तरमा नर्सिङ कलेज, इन्जिनियर कलेज पूर्वाधार तयार भएका छन् । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterनिर्माण सुरु भएको एक दशक भइसक्दा पनि निर्माण पूरा नभएको सप्तरीको राजगढ गाउँपालिका–६ स्थित बनैनियाँ–कुरनमा जोड्ने मुतनी खोलाको पुल । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

जिल्लाको पूर्वमा सप्तकोशी नदी र पश्चिममा बलान नदी बगेको छ । यहाँ हुलाकी राजमार्गसँगै सडक सञ्जालले गाउँदेखि बजारसम्मलाई जोडेको छ । बढ्दो सहरी क्षेत्र र सडक विस्तारका कारण यातायात, आधुनिक घरायसी उपकरणको प्रचुर उपयोग मर्मत सेवा, नयाँ बस्ती विकासको कारण निर्माण तथा रियलस्टेट जस्ता आर्थिक क्षेत्र/उपक्षेत्रको बढ्दो स्वरुप देख्न सकिन्छ ।

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterवर्षौंसम्म बासस्थानको लालपुर्जा नपाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवाका कोशी पीडित स्थानीय । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

यहाँ १० वर्ष र सोभन्दा माथिको उमेरका ४८.६ प्रतिशत अर्थात ३ लाख ४३ हजार ८ सय ५९ जनसंख्या आर्थिक रुपले सक्रिय जनसंख्या भएको यस जिल्लामा २ लाख ३ हजार ७ सय ९५ जना रोजगारमा रहेको सरकारी तथ्यांक छ । २ लाख ८ हजार ७ सय ८३ घरपरिवारका ३३ हजार ५ सय १० व्यक्ति पछि फर्किने गरी विदेश गएका छन् । अन्य देशमा जन्म भई यस जिल्लामा बसोबास गर्ने मानिसको जनसंख्या ३.४६ प्रतिशत छ । 

यहाँका कृषिजन्य वस्तुको मूल्य समस्या, वीउविजनको समस्या, मल र सिँचाइको समस्या विद्यमान छ । यहाँका खेतीयोग्य ७० प्रतिशत जग्गामा आकाशे वर्षाका भरमा धान खेती गर्नुपर्ने बाध्यता छ । यहाँ नेपालकै पुरानो चन्द्र नहर, कोशी पश्चिम नहर र ३३ वटा साना ठूला सिँचाइ आयोजना सञ्चालनमा छन् । तर, चन्द्र नहर र कोशी पश्चिमी नहरको मर्मत सम्भार गर्न नसक्दा ती प्रणालीले कमाण्ड एरियासम्म पनि पानी पुर्‍याउन सकेको छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सप्तरीमा जम्मा जनसंख्यामा १० वर्ष वा सोभन्दा बढी उमेरको विवाहित जनसंख्या ५१.८ प्रतिशत छ । १० वर्षमूनिका बालबालिका १ हजार ६ सय ३ जना विवाहित छन्। यहाँ १.७ प्रतिशत विधुर र ३.६ प्रतिशत विधुवा छन् । जनगणनाभन्दा अगाडि १२ महिनाभित्र जन्मिएका १० हजार २ सय ३२ बालबालिकामा सबैभन्दा बढी ४ हजार ६ सय ९८ बालबालिका २० देखि २४ वर्ष उमेर समूहका आमाले जन्माएका छन् । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterवर्षौंदेखि जिर्ण रहेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सारसम्म पुग्ने सडक । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

यहाँ कम्तीमा १ जना आफ्नो घरपरिवारमा अनुपस्थित भइ हाल विदेशमा रहेका घरपरिवारको संख्या २८ हजार ७ सय ८३ छ । जुन संख्यामा जम्मा १ लाख ४६ हजार ८ सय १६ घरपरिवारको १९.६७ प्रतिशत हुन आउँछ । यसरी विदेश जानेहरुको सबैभन्दा बढी हिस्सा ५४.८१ प्रतिशत मध्यपूर्वी देशमा गएको देखिन्छ । यसरी अनुपस्थित भएका व्यक्तिहरुमध्ये तलब ज्यालाका लागि ७७.४५ प्रतिशत र अध्ययनको लागि ३.७ प्रतिशत विदेश गएको तथ्यांक छ । 

२०७८ को जनगणनाअनुसार २ लाख ९ हजार २ सय १४ वटा घर छन् । त्यसमध्ये ५७ प्रतिशत आवासीय र २०.४६ प्रतिशत गोठ/भण्डार छन् भने प्रयोजन नतोकिएका १६.२२ वटा छन् । यहाँ सिमेन्टको जोडाई भएको इँटा/ढुंगाको जग भएको घरमा बस्ने परिवार २८ प्रतिशत छन् । ४३ प्रतिशत परिवारहरु काठको खम्बा भएको घरमा बस्छन् । बाँसको टाटीले बनेको बाहिरी पर्खाल भएको घरमा बस्ने घरपरिवारहरु ४५ प्रतिशत र सिमेन्टको जोडाई भएको इँटा ढुंगाको बाहिरी पर्खा भएको घरमा बस्ने परिवार ४१ प्रतिशत छन् । 

९ हजार ५ सय २५ घरपरिवार खर/परालको छाना भएको घरमा बस्ने गरेका छन् । तीमध्ये ६१ प्रतिशत घरपरिवार जस्ता पाताको छाना भएको घरमा र २७ प्रतिशत आरसिसी ढलानयुक्त छत भएको घरमा बस्ने गरेको पाइएको छ । जसमा ६३ प्रतिशत घरपरिवार माटोको भूँइ भएको घरमा र ३२ प्रतिशत घरपरिवार सिमेन्ट ढलानको भुइ भएको घरमा बस्छन् । घरायसी सुविधाको सन्दर्भमा ७३ प्रतिशत साधारण मोबाइल र अन्यमा स्मार्ट मोबाइल फोन प्रयोग गरिरहेका छन् । यहाँ १२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा, १० प्रतिशतमा रेफ्रिजेरेटर र २७ प्रतिशतमा मोटरसाइकल रहेको जनगणनाको नतिजाले देखाउँछ । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterभवन बनेको झण्डै दुई वर्ष भइसक्दासमेत सञ्चालन नभएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरस्थित १५ शय्याको अस्पताल । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

यहाँको साक्षरता दर हेर्दा २०६८ को जनगणनामा ५५ प्रतिशत थियो । २०७८ मा बढेर ६७.६९ प्रतिशत पुगेको छ । सबैभन्दा बढी राजविराज नगरपालिकामा ७६.५६ तथा सबैभन्दा कम महादेवा गाउँपालिकामा साक्षरता दर ५९.८५ प्रतिशत छ । यहाँ ७ सय ५ वटा विद्यालयमध्ये ५ सय ७८ सामुदायिक, १ सय ७ वटा संस्थागत र २० वटा धार्मिक विद्यालय छ । 

यहाँ १ लाख ४६ हजार ८ सय १६ घरपरिवारमध्ये ६ हजार ७ सय ३५ अर्थात ४.५९ प्रतिशत पविारमा घरपरिवारभित्र वा बाहिर खानेपानीको धारा उपलब्ध छ भने ९३.४३ प्रतिशत परिवार अझै हातेपम्प र चापाकलबाट खानेपानीमा निर्भर छ । जम्मा २ सय १२ परिवारले मात्र पिउनको लागि बोतल र जारको पानी प्रयोग गर्ने गरेको तथ्यांक छ । १.१४ प्रतिशतले अझै पनि इनारको पानी पिउनेका लागि प्रयोग गर्ने गरेको सरकारी तथ्यांक छ । यहाँ अझै १२.८ प्रतिशत परिवारमा कुनै पनि प्रकारको शौचालय छैन् । ८७.२ प्रतिशतले कुनै न कुनै प्रकारको शौचालय प्रयोग गर्ने गरेका छन् भने बाँकी झाडी र खेतबारीमा लुकिछिपी शौच गर्न बाध्य छन् । 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको अभिलेखअनुसार यस अस्पतालमा आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य बिमाको माध्यमबाट १ लाख ८ हजार २ सय ४३ जनाले उपचार सेवा लिएका छन् । सो वर्ष अस्पतालको सामाजिक सेवा शाखाबाट १ हजार ९ सय ५६ जना अति विपन्न र ७ सय ५३ जना ज्येष्ठ नागरिकले सेवा लिएका हुन् । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterआन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने प्रचुर सम्भावना बोकेको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटीस्थल । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

यहाँ नेपाल विद्युत् प्राधिकरणको ३ वटा वितरण केन्द्रहरु राजविराज, कञ्चनपुर र बोदे बरसाइनबाट प्राप्त विवरणअनुसार २०८० असारसम्मा सप्तरीमा कूल १ लाख ३३ हजार २ सय ५६ वटा विद्युतलाइन वितरण भएको छ । जसमध्ये ८५.२९ प्रतिशत ग्राहस्थ लाइन र १२.४७ प्रतिशत सिँचाइ सम्बन्धी लाइन छन् । 

यहाँ सुशासनको पक्ष अत्यन्तै कमजोर देखिन्छ । पछिल्लो महालेखापरीक्षकको ६२ औं लेखापरीक्षणको प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा मात्रै एक वर्षमा ४४ करोड बेरुजु थपिएको छ ।  स्थानीय तहमा विधि र प्रक्रिया मिचेर राज्यकोषको रकम खर्च गर्ने प्रवृति मौलाउँदा आर्थिक वर्ष ०८०/०८१ मा मात्रै ४३ करोड ९१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको प्रतिवेदनले देखाएको छ ।

सो वर्ष सबैभन्दा बढी बलान बिहुल गाउँपालिकामा बेरुजु थपिएको हो । त्यहाँ कूल ९४ करोड ४८ लाख १० हजार रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड २३ लाख ९७ हजार रुपैयाँ बेरुजु थपिएको हो । दोस्रो नम्बरमा रहेको राजविराज नगरपालिकामा कूल २ अर्ब ३४ करोड ९३ लाख ६० हजार रुपैयाँ लेखापरीक्षण हुँदा ४ करोड ७६ लाख ७ हजार रुपैयाँ बेरुजु थपिएको हो । यहाँका स्थानीय तहहरुमा अहिलेसम्म बेरुजु रकम मात्रै ५ अर्ब ९८ करोड २७ लाख नाघेको छ । 

70 percent of farming in Saptari, considered a granary, relies on rainwaterसप्तरीको राजविराज नगरपालिका–१३ स्थित किसानसँग खरिद गरेर थुपारिएका धान । तस्बिरः विद्यानन्द राम/कान्तिपुर

यहाँ छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, राजदेवी मन्दिर, हनुमान मन्दिर, विष्णु मन्दिर, शनि मन्दिर, अंकुरी महादेव मन्दिर, शम्भुनाथ मन्दिर, मानराजा गढी, दिनारामभद्रीस्थल, मरौटीलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । तर, तीमध्ये कतिपय मन्दिर र ऐतिहासिकस्थलसम्म पुग्ने सडक नै व्यवस्थित रुपमा बन्न सकेको छैन् भने कतिपय संरक्षण र सौन्दर्यकरणमा कसैको ध्यान पुगेको छैन ।

१ हजार ३ सय ६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको सप्तरीमा ९ नगरपालिका र ९ वटा गाउँपालिका छन् । यहाँ भौगोलिक उचाई समुद्री सतहदेखि ६१ देखि ३ सय ५ मिटर छ । यहाँको तापक्रम ७ देखि ४० डिग्रीसम्म रहने गर्दछ । यहाँको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मिलिमिटरसम्म हुने गर्दछ । यहाँको पूर्व–पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने यस जिल्लालाई तराई भू–भागले ६३ प्रतिशत तथा चुरे भू–भागले ३७ प्रतिशत भूमि ओगटेको छ । 

४ वटा निर्वाचन क्षेत्र रहेका सप्तरीमा कुल घरधुरी संख्या १ लाख ४६ हजार ८  सय १६ मा यहाँ कुल ७ लाख ६ हजार २ सय ५५ जनसंख्या छन् । जसमध्ये पुरूष ३ लाख ५१ हजार ३ सय ६८ र महिला ३ लाख ५४ हजार ८ सय ८७ रहेको छ । कुल जनसंख्यामध्ये ४ लाख ४६ हजार ४ सय २ मतदाता छन् । जसमा २ लाख १३ हजार २ सय ८३ महिला, २ लाख ३३ हजार ९६ पुरुष र २३ अन्य छन् ।    

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully