सिरहाको नरहा गाउँपालिकाका पूर्वअध्यक्ष यादव जसपा नेपालमा प्रवेश

रामशरण यादव २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नरहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

माघ २६, २०८२

विनय आजाद

Former chairman of Siraha's Naraha Rural Municipality Yadav joins JSP Nepal

सिरहा — सिरहाको नरहा गाउँपालिकाका पूर्वअध्यक्ष रामशरण यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । यादव सोमबार एक कार्यक्रमबीच जसपा नेपालमा प्रवेश गरेका हुन् ।

सिरहा-४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारसमेत रहेका जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेशकुमार मण्डललगायतले उनलाई पार्टीमा स्वागत गरे । उनी २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट नरहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षको कार्यकाल सकिएपछि उनी एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीतिर खुलेका थिए । तर, नेकपा एस र माओवादी केन्द्रबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि पछिल्लो समय निष्क्रिय देखिएका उनी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

नरहा चोकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका क्रममा पूर्वअध्यक्ष यादवसँगै उनी निकट अन्य नेता कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश गरे ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully