आक्रमणबाट सशस्त्र प्रहरीको भ्यानको सिसा फुटेको छ । केही सशस्त्र प्रहरी जवान सामान्य घाइते समेत भएका छन् ।
पर्सा — वीरगन्जको आदर्शनगर क्षेत्रमा सोमबार बिहान एक गोदामबाट तस्करीको सामान बरामद गरी फर्कँदै गरेको सशस्त्र प्रहरी र वीरगन्ज भन्सारको संयुक्त टोलीमाथि ट्रान्सपोर्ट व्यवसायीहरुले आक्रमण गरेका छन् ।
बिहान करिब साढे १० बजेको समयमा उक्त घटना भएको हो । त्यहाँस्थित मदनप्रसाद गुप्ताको गोदामबाट ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी फर्कँदै गरेको वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी, सशस्त्र प्रहरी नं १३ गण हेड क्वार्टर पर्सा रवीरगन्ज भन्सारको संयुक्त टोली उपर उक्त आक्रमण भएको हो ।
आक्रमणबाट सशस्त्र प्रहरीको भ्यानको सिसा फुटेको छ । केही सशस्त्र प्रहरी जवान सामान्य घाइते समेत भएका छन् ।
सामाजिक सन्जालबाट उक्त घटनाको भिडियो भाइरलभइरहेको छ । भिडियोमा त्यहाँ एकत्रित भएको भीडले सशस्त्रको सवारी र प्रहरीजवानमाथि बाँसको भाटाले आक्रमण गरिरहेको देखिन्छ । बरामद भएको कपडा वीरगन्ज भन्सार कार्यालयमा लगिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
