सिरहाको सहजा खोलामा फेरि कार खस्यो, स्थानीय आन्दोलित 

सहजा खोलामा १० वर्षदेखि पुल निर्माण हुँदै आए पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहीले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । जसका कारण यहाँ लगातार दुर्घटना हुँदै आएको छ ।

माघ २६, २०८२

विनय आजाद

Car falls into Sahaja River in Siraha again, locals protest

सिरहा — हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका–५ स्थित सहजा खोलामा फेरि दुर्घटना भएको छ । सहजामा गएराति मध्यरातमा एक कार खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार, राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको बीएबी ७८२१ नम्बरको कार दुर्घटना हुँदा चालकसहित सवार तीन जना घाइते भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया बस्ने चालक २२ वर्षीय अभिषेक कुमार राय, पछाडि सवार ३९ वर्षीया दिपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले जनाए ।

सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि उनीहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । क्षतिग्रस्त बनेको कार भने दुर्घटनास्थलमै छ ।
Car falls into Sahaja River in Siraha again, locals protest

सहजा खोलामा १० वर्षदेखि पुल निर्माण हुँदै आए पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहीले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । जसका कारण यहाँ लगातार दुर्घटना हुँदै आएको छ ।

कार दुर्घटनापछि अहिले स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । ठेकेदार र सम्बन्धित निकायलाई कारबाही हुनुपर्ने, यथाशीघ्र पुल निर्माणको सुनिश्चित हुनुपर्ने र दुर्घटना रोक्न तत्काल कुनै उपाय निकाल्नुपर्ने माग आफूहरूको रहेको स्थानीय अगुवा सन्तोष यादवले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully