पूर्वमन्त्रीसमेत रहेका घिसिङ शुक्रबार बिहान दर्शन तथा पूजा गर्नका लागि मन्दिर पुगेका थिए ।
राजविराज — छिन्नमस्ता भगवती मन्दिर पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राजेन्द्र मालाकारले छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिले २ वर्षमा पनि फुल किनेको पैसा नदिएको गुनासो गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका घिसिङ शुक्रबार बिहान दर्शन तथा पूजा गर्नका लागि मन्दिर पुगेका थिए ।
त्यहाँबाट फर्किरहेका घिसिङलाई बाटोमा रोकेर मालाकारले भने, ‘छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले २ वर्षदेखि मेरो ८० हजार रुपैयाँ दिनुभएको छैन् ।’ बाहिरबाट विशिष्ट व्यक्तिहरु पूजा गर्न आउँदा आफूसँग फूल लिने मालाकारको भनाइ छ।
‘विशिष्ट व्यक्तिलाई सँगै लिएर आउनुहुन्छ अनि उहाँहरु पैसा दिन लाग्दा म दिन्छु भन्दै जानुहुन्छ,’ उनले घिसिङलाई भने, ‘तर, दुई वर्षदेखि धाइरहँदा पनि आजभोलि भन्दै झुलाइरहनुभएको छ ।’
उनको गुनासो सुनेर घिसिङले कुरा गर्छु भन्दै त्यहाँबाट निस्केका छन् । ‘यस्ता समस्याहरु बसेर समाधान गर्नुहोला। हामी पनि भनौंला,’ उनले भने ।
