सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बुधबारदेखि ६ सय नेपाली सेना, ६ सय सशस्त्र प्रहरी र १ हजार १ सय नेपाल प्रहरी तथा निर्वाचन प्रहरी खटाइएको छ ।
सिरहा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिरहामा २३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाभरमा नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी २३ सय सुरक्षाकर्मी परिचालन गरिएको हो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बुधबारदेखि ६ सय नेपाली सेना, ६ सय सशस्त्र प्रहरी र १ हजार १ सय नेपाल प्रहरी तथा निर्वाचन प्रहरी खटाइएको छ ।
नेपाली सेनाले लहान, सुखीपुर, चोहर्वा र बन्दिपुर गरी चार निर्वाचन क्षेत्रका चार स्थानबाट स्थायी तथा अस्थायी सुरक्षा बेसमार्फत सुरक्षा निगरानी गर्ने र अन्य सुरक्षाकर्मी अघिल्लो निर्वाचन झैँ मतदानस्थलसम्मै हुने गरी व्यवस्था मिलाइएको बरालले बताए ।
सीमावर्ती क्षेत्र, संवेदनशील मानिएको स्थान, बजार क्षेत्रलगायतमा सुरक्षा निगरानी बढाइएको भए पनि सुरक्षा संवेदनशीलताका हिसाबले सिरहामा कम जोखिम रहेको बुझाइ सुरक्षा निकायको रहेको उनको भनाइ छ ।