बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका वीरगन्ज महानगरपालिका–१९ का ३२ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

माघ २०, २०८२

शंकर आचार्य

Fugitive defendant in banking crime arrested

पर्सा — बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका वीरगन्ज महानगरपालिका–१९ का ३२ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्जस्थित कारागार नजिकको सडक खण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदप्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी अनिलकुमार गुप्ता रहेको बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतले गुप्तालाई पाँच लाख रुपैयाँ जरिवाना, तीन दिन कैद तथा २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको थियो। तर उनी लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully