जनमत पार्टीका कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यसहित ४ नेताद्वारा पार्टी परित्याग

पार्टीबाट राजीनामा दिनेहरूमा केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवानसहित ४ जना रहेका छन् । उनीहरू सबै सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मिर्चैयाका बासिन्दा हुन् ।

माघ २०, २०८२

विनय आजाद

4 leaders, including executive member and central member, leave Janmat Party

सिरहा — सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय पदाधिकारीसहित चार नेताले पार्टी परित्याग गरेका छन् । एक केन्द्रीय कार्यकारिणी सदस्यसहित दुई केन्द्रीय सदस्य र एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका हुन् ।

पार्टीबाट राजीनामा दिनेहरूमा केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवान तथा केन्द्रीय सदस्यहरू रामेश्वर यादव, जागेश्वर यादव र जिल्ला समिति सदस्य हरिकिशोर पासवान छन् । उनीहरू सबै सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मिर्चैयाका बासिन्दा हुन् ।

पार्टी अध्यक्ष राउतलाई उनीहरूले सामूहिक रूपमा लेखेको राजीनामा पत्रमा पार्टीबाट विचार र सिद्धान्त हराएको, पार्टीमा जातिवाद हाबी भएको र गैरराजनीतिक व्यक्तिहरूको हालीमुहाली तथा वर्चस्व बढेको आरोप लगाएका छन् ।

4 leaders, including executive member and central member, leave Janmat Party

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully