लुटपाट गर्ने गिरोह पक्राउ

फलामको धारिलो हतियारबाट अक्रमणमा परेर घाइते भएका सिंहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

माघ १६, २०८२

सन्तोष सिंह

Robbery gang arrested

महोत्तरी — महोत्तरीको विभिन्न स्थानमा लुटपाट, चोरी र लागुऔषध कारोबारमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गौशाला नगरपालिका–१२ का विशेश्वर सिंहलाई बुधबार राति धारिलो फलामले आक्रमण गरी घाइते बनाएर मोटरसाइकल र मोबाइल लुटपाट गर्ने तीन जनाको समूहलाई लुटिएको मोटर साइकलसहित बिहीबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फलामको धारिलो हतियारबाट अक्रमणमा परेर घाइते भएका सिंहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ज.५ प ४३२४ नं.को डिस्कभर मोटरसाइकल लुटपाट गरेको आरोपमा मोटरसाइकलसहित गौशाला–१२ का १८ वर्षीय निर्मल साह, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

पक्राउ परेका तीनै जना पटक–पटक लुटपाट र लागुऔषध मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । घरेलु हतियार प्रयोग सुनशान घर, सडक, बजार क्षेत्रमा आक्राण गरी टुपाट गरेको आरोपमा पक्राउ गरेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

गौशाला क्षेत्रबाट दिनहुँ मोटरसाइकल चोरी भइहेको र पक्राउ परेका तीनै जनालाई चोरीमा संलग्नहरुको बारेमा सोधपुच्छ भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully