जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

ठगी मुद्दामा अदालतबाट सजाय तोकिएका चौरसिया पक्राउ परेका हुन् ।

माघ १६, २०८२

शंकर आचार्य

Prisoner who escaped from Central Jail during Gen-G movement arrested

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार एक कैदी वीरगन्जबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज–१६ नगवाका २३ वर्षीय प्रविन चौरसिया छन् । ठगी मुद्दामा अदालतबाट सजाय तोकिएका चौरसियालाई बुधबार दिउँसो २ बजे वीरगन्ज–१५ रामनगर चोकबाट पक्राउ प्रहरीले गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो । चौरसियालाई ठगी मुद्दामा अदालतले ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना सजाय तोकेको थियो । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई वीरगन्ज कारागार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully