सीके राउतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

आफु उम्मेदवार रहेको निर्वाचन क्षेत्रको सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको विषयमा उजुरी परेको व्यहोरा उल्लेख गरिएको छ।

माघ १५, २०८२

विद्यानन्द राम

Election Commission asks CK Raut for clarification

राजविराज — निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई स्पष्टीकरण सोधेको छ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राउतमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको हो।

आफु उम्मेदवार रहेको निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिन्ह र झण्डाको तोरण बनाएर प्रदर्शन गरेको विषयमा उजुरी परेको व्यहोरा उल्लेख गरिएको छ। 

आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

पत्रमा उजुरीमा उल्लेख भएअनुसार आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन चिन्ह र दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गरेको हो वा होइन? तथा त्यसो भएको हो भन्ने सो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ज) र (ढ) को प्रतिकूल हुन्छ वा हुँदैन? भन्ने उल्लेख गरिएको छ। 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully