‘मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम’अन्तर्गत वीरगन्ज महानगरपालिकाको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं १३ गणको सहकार्यमा निर्माण सम्पन्न भएको पोष्टको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समुद्घाटन गरे ।
पर्सा — वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्टको बुधबार समुद्घाटन गरिएको छ ।
‘मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम’अन्तर्गत वीरगन्ज महानगरपालिकाको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं १३ गणको सहकार्यमा निर्माण सम्पन्न भएको पोष्टको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समुद्घाटन गरे ।
समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंह, प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, प्रहरी उपरीक्षक सुदिपराज पाठकलगायतकाले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ बनाउन तथा मितेरी पुल क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन सीमा सुरक्षा पोष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनीहरुले पोष्ट सन्चालनमा आएपछि सीमामा निगरानी, सुरक्षा व्यवस्थापन तथा आवागमन थप प्रभावकारी हुने अपेक्षा गरिएको बताए ।
मुलुककै प्रवेशद्वार मानिएको मितेरी पुल क्षेत्र हालसम्म अव्यवस्थित र दुर्गन्धित रहेकोमा करिब दुई महिनाको प्रयासपछि उक्त क्षेत्रको सौन्दर्यकरण गरेर कायापलट गरिएको छ ।