बारामा एकै परिवारका २ को हत्या, ३ जना घाइते 

घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

माघ १४, २०८२

लक्ष्मी साह

2 members of the same family killed, 3 injured in Bara

बारा — बाराको परवानीपुर गाउँपालिका १ रहरीया डिहमा बुधबार बिहानै एकै परिवारका २ जना (आमा छोरा)को हत्या भएको छ । 

४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको धारितो हतियार प्रहार गरी हत्या भएको हो । मृतक दुवै जना आमा छोरा हुन् ।

सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता समान्य घाइते छिन् । उनीहरूको परवानीपुरको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचालन गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने कारण खुलेको छैन । तालिम प्राप्त कुकुरको माध्यमले खोजतलास र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully