भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले भारत–नेपालबीच युगौंदेखि रहँदै आएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन बिभिन्न कार्यक्रम निरन्तर आयोजन भई राख्नुपर्ने बताए।
पर्सा — भारतको ७७ औं गणतन्त्र दिवस वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले सोमबार विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ।
समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले भारत–नेपालबीच युगौंदेखि रहँदै आएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन बिभिन्न कार्यक्रमहरु निरन्तर आयोजन भई राख्नुपर्ने बताए।
उनले भारत आर्थिक प्रगतिसँगै आफ्नो संस्कृति र भाषाको विश्वव्यापी प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए।कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले भारत–नेपालबीचको धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्धको महत्व झल्काउने भाषण तथा नृत्य प्रस्तुत गरेका थिए।
महावाणिज्यदूत मिना विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै उनीहरूको प्रयासको प्रशंसा गरे। उक्त अवसर भारतको झण्डोत्तोलन समेत गरिएको थियो।
