गोदामबाट ३० लाखको अवैध सामान बरामद

राति करिब ८ बजे वीरगन्जस्थित रेल्वे सडकखण्डमा रहेको एसबी ट्रेडिङको गोदाममा प्रहरीले छापा मारेको हो।

माघ १२, २०८२

शंकर आचार्य

Illegal goods worth 3 million seized from warehouse

पर्सा — वीरगन्ज महानगरपालिका–७ मा रहेको एक गोदामबाट प्रहरीले करिब ३० लाख रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरेको छ।

आइतबार राति करिब ८ बजे वीरगन्जस्थित रेल्वे सडकखण्डमा रहेको एसबी ट्रेडिङको गोदाममा प्रहरीले छापा मारेको हो।

उक्त गोदामबाट वीरगन्ज–५ निवासी विकास गोयलले सन्चालन आएको र बिन्दु गोयलको नाममा दर्ता रहेको गोादमबाट भन्सार चोरीपैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएको करिब ३० लाख रुपैयाँ बराबरकोस्टेसनरी र किराना सामग्री बरामद गरिएको छ ।

बरामद सामग्रीमा पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाइटर, रबर, जिबिया, गुच्चालगायतका खुद्रा सामान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले उक्त छापा मारेको हो। बरामद सामग्रीहरू कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully