मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटनामा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

माघ ९, २०८२

शिव पुरी

Two people died in a motorcycle collision

रौतहट — रौतहटको राजदेवी नगरपालिका १ पथरा स्कुलनजिक गौर पिपरा भित्री सडक खण्डमा शुक्रबार दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो । गंगापिपराबाट गौर आउँदै गरेको प्र २-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बिआर ३० एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठाेक्किएको हो।

दुर्घटनामा प्र २-०३-०१८ प ३३४६ नम्बर मोटरसाइकल चालक रौतहट दुर्गाभगवती गाउँपालिका २ पिपरा बजारका  ३० वर्षीय अशोक महतो र भारतीय नम्बरको मोटरसाइकलका चालक राजदेवी नगरपालिका २ हजमिनियाका  २९ वर्षीय अरबिन्द महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गौरका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए  ।

मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिए पनि त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेको थियो। 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully