पर्सागढीमा अवैध भरुवा बन्दुकसहित एक पक्राउ

खवासको साथबाट लाइसेन्स नभएको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने १३ राउन्ड गोली बरामद गरेको छ।

माघ ९, २०८२

शंकर आचार्य

One arrested with illegally loaded gun in Parsagadhi

पर्सा — पर्सागढी नगरपालिका–१ स्थित कोईलाभार गाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार राति करिब १० बजेको सयमा अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३८ वर्षीय जयनारायण खवास मापसे गरी स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामा फेला पारेको थियो ।


प्रहरीले खानतलासीका क्रममा खवासको साथबाट लाइसेन्सनभएको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने गोली १३ राउन्ड बरामद गरेको छ।


उनलाई बरामद हतियार तथा गोलीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully