पूर्वमुख्यमन्त्री सिंहले मधेश प्रदेशसभा सदस्यबाट दिए राजीनामा

प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामापत्र बुझाएका हुन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Former Chief Minister Singh resigns from Madhesh Provincial Assembly membership

महेन्द्रनगर (धनुषा) — मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

जनकपुरधामस्थित मधेश प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामापत्र बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामापत्रमा उनले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

कान्तिपुर

Link copied successfully