जनकपुर आइपुगे बालेन्द्र*

राति जनकपुरमै बसेर बालेन्द्र सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् ।

माघ ४, २०८२

अजित तिवारी

Balendra arrived at Janakpur*

जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आइतबार अपराह्न जनकपुर आइपुगेका छन् । 

जनकपुर आइपुगेका शाहले यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन् । राति जनकपुरमै बसेर बालेन्द्र सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् । 

मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाइन्छ । मधेश प्रदेश सरकारले बलिदानी दिवसमा बिदासमेत दिएको छ । लहानमा रहेका मधेशी सहिदको पार्कमा पुगेर बालेन्द्रले मालाअर्पण गर्नेछन् । 

‘लहानको कार्यक्रमबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना गरिएको परिवर्तनको उद्घोष सभामा नेताहरु सहभागी हुनेछन्,’ रास्वपाका प्रवक्ता मनिष झाले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै भने ।

प्रवक्ता झाले कुनै दललाई स्पेश दिन मनोनयनको मिति सार्नु ठीकै भए पनि त्यसभित्र चुनाव नै बिथोल्ने छलछाम वा प्रपञ्च भए त्यो पार्टीलाई मान्य नहुनेसमेत बताए ।

*यसअघि अन्यथा भएकाले सच्याइएको।

Balendra arrived at Janakpur*

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully