मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा सिंह नियुक्त

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता डा. सुनिल रञ्जन सिंहलाई नियुक्त गरिएको छ ।

पुस २९, २०८२

अजित तिवारी

Singh appointed as Chief Advocate of Madhesh Province

जनकपुर — मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता डा. सुनिल रञ्जन सिंहलाई नियुक्त गरिएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सर्लाही ईश्वरपुर नगरपालिका–४ का सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवको नेतृत्वमा गत महिना सरकार गठन भएको थियो । सरकार परिवर्तनसँगै अघिल्लो मुख्य न्यायाधिवक्ताले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । 

सर्लाही ईश्वपुर नगरपालिकामा निवासी सिंह दुई दशकदेखि वकालत गर्दै आएका छन् । उनले फौजदारी कानुन तथा न्यायमा स्नात्तकोत्तर गरेका छन् । उनले नेपाल संस्कृत विश्वविद्यालयबाट मिथिला क्षेत्रका संस्कृतिमाथि विद्यावारिधीको उपाधि पाएका छन् । सिंहसँग स्थानीय तह पुनर्संरचना आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य भएर काम गरेको अनुभव छ । उनले कारागार सुधार आयोग, शान्ति कोषको बोर्ड सदस्य भएर पनि काम गरेका छन् । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully