यात्रुवाहक गाडीबाट तस्करीको घरेलु मदिरा बरामद

प्रहरी टोलीले ना १ ज ८६८८ नम्बरको हाइस गाडी रोकी चेकजाँच गर्दा गाडीबाट ३ सय ५० लिटर तयारी घरेलु मदिरा फेला पारेको हो ।

पुस २८, २०८२

शंकर आचार्य

Smuggled domestic liquor seized from passenger vehicle

पर्सा — प्रहरीले यात्रुवाहक गाडीबाट तस्करीको घरेलु मदिरा बरामद गरेको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–२१ परवानीपुर सडक खण्डमा पथलैयाबाट वीरगञ्जर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको हाइस गाडीमा घरेलु मदिरा ल्याउँदै गरेकामा प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।

प्रहरी टोलीले उक्त गाडी रोकी चेकजाँच गर्दा गाडीबाट ३ सय ५० लिटर तयारी घरेलु मदिरा फेला पारेको थियो ।

चालक मकवानपुर मनहरी गाउँपालिका–२ का ३८ वर्षीय मनोज कुमार थिङलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय वीरगन्जमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully