लागूऔषधसहित २ युवक पक्राउ

पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी बस्यालले बताए ।

पुस २८, २०८२

शिव पुरी

2 youths arrested with drugs

रौतहट — रौतहटको परोहा नगरपालिका–७ स्थित बसिर चोकमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक भारतीय युवक छन् । उनीहरूलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । 

बसिर चौकमा प्रहरी चौकी मोतीपुर नरकटिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेको बिहार ०५ बीएल ८८४६ नम्बरको भारतीय अपाचे मोटरसाइकलमा लागूऔषध बोकेर आउँदै गरेका भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम पन्चायत घोडासहन कवैया– ६ का २९ वर्षीय गोलु भन्ने नैतक कुमार र बारा निजगढ नगरपालिका–७  का ३० वर्षीय शिखरबहादुर पुलामी मगरलाई आइतबार राती पक्राउ गरिएको जिल्ला प्रहरी गौरका डीएसपी विष्णुप्रदीप बस्यालले बताए । 

दुवै जना भारतबाट नेपाल आउादै गर्दा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसपछि उनीहरूको साथबाट ट्रामोल ५० लेखिएको १ हजार २ सय ६० क्याप्सुल बरामद गरेको डीएसपी बस्यालले बताए । प्रहरीले उनीहरूको साथबाट ३ थान मोबाइल, ३६ हजार नगद रुपैयाँ समेत बरामद गरेको छ । 

पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी बस्यालले बताए ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully