आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा अनुयायी र स्थानीयबीच झड्प भएको हो ।
जनकपुर — धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको रामपाल महाराजको आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ । झडपका क्रममा दुवैतर्फका एक दर्जन व्यक्ति घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा अनुयायी र स्थानीयबीच झड्प भएको हो ।
जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्तिबीच विवाद बढेपछि जनकपुर–ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा सडक अवरुद्व गर्दै नाराबाजी गरिरहेका छन् । आश्रमका अनुयायीले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि स्थानीयको समूह एकजुट भई आएर दुईतर्फी झडप भएको हो ।
घाइतेलाई उपचारका लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।
(*रामपाल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक)