जनकपुर–ढल्केवर शनिबार अपराह्नबाट अवरोध हटेको र स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।
जनकपुर — धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको रामपाल महाराजको आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्पपछि अवरुद्ध गरिएको जनकपुर-ढल्केवर सडक संचालनमा आएको छ।
आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा अनुयायी र स्थानीयबीच झड्प भएको थियो।
जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्तिबीच विवाद बढेपछि जनकपुर–ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। जनकपुर–ढल्केवर शनिबार अपराह्नबाट अवरोध हटेको र स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।
