पर्सा एमालेबाट लिची बगान जग्गा प्रकरणमा थुनामा रहेका गुप्तासहित २४ जना सिफारिस

क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका पूर्वमन्त्री गुप्तालाई पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले अघिल्लाे बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

पुस २४, २०८२

शंकर आचार्य

Parsa UML recommends 24 people, including Gupta, who are in custody in the litchi orchard land case

What you should know

पर्सा — पर्सा एमालेले पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा घूस लेनदेनको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासहित ४ वटा निर्वाचन क्षेत्रबाट २४ जनालाई उम्मेदवार सिफारिस गरेको छ।

पर्साका ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि एमालेका क्षेत्रिय समन्वय समितिहरुले २४ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ बाट अरविन्द सिंह, प्रभु हजरा, वसरुदिन अन्सारी, इन्दु घिमिरे, सुन्दर प्रसाद कुर्मी, नवराज शर्मा र ममता गुप्ताको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ बाट निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह र मनोज कुशवाहको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ३ बाट भगवान प्रसाद कुर्मी, मन्जुर आलम, तेजप्रकाश निषाद, रामबावु यादव, प्रमोद जयसवाल, राजकुमार गुप्ता, रुपेश पाण्डेय, मन्जु देवी कुर्मी, मनिर आलम र शिव पटेलको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट जालिम मियाँ, वीरेन्द्र प्रसाद यादव र गोकुली कुमारी रेग्मी छन् । रेग्मी ठोरी गाउँपालिकाकी  उपप्रमुख पनि हुन् ।

क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका पूर्वमन्त्री गुप्तालाई पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा घूस लेनदेनमा विशेष अदालतले अघिल्लाे बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

एमाले जिल्ला कमिटी सचिव महेश दासले जिल्ला कमिटीका पदाधिकारीको बैठकले क्षेत्रिय समन्वय समितिबाट प्राप्त सबै नाम प्रदेश कमिटीमा सिफारिस गरिएको बताए। दासले अब प्रदेश कमिटीले आफ्नो रायसहित पठाएपछि केन्द्रले उम्मेदवार बारे अन्तिम निर्णय गर्ने दासले बताए। 

लिच्ची बगानको जग्गा हिनामिना प्रकरणमा विशेषा अदालतबाट दोषी ठहराइएका पूर्वमन्त्री गुप्तासहित

शंकर

Link copied successfully