शिविरमा ७८ जना स्थानीय बासिन्दालको आँखा परीक्षणसँगै उपचार गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योन्जनले जानकारी दिए ।
पर्सा — सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा वीरगन्ज-१ छपकैयामा बिहीबार नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
स्थानीय बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमाबासीलाई सहयोग पुर्याउने उद्देश्यले तीलगंगा आँखा प्रतिष्ठान काठमाडौं, बीरगन्ज सामुदायिक आँखा हस्पिटल र लक्ष्मी सनराइज बैँक बीरगन्जसँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्साको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा ७८ जना स्थानीय बासिन्दालको आँखा परीक्षणसँगै उपचार गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योन्जनले जानकारी दिए । सशस्त्र प्रहरीले सीमाबासीको समस्या र पीडा कम गर्न यस वर्षदेखि ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सन्चालन गरिरहेको उनले बताए ।
