चक्कु प्रहारबाट युवक घाइते

वीरगन्ज–१६ फूलबारी टोलमा मंगलबार साँझ पुरानो विवादका कारण भएको झगडामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।

पुस २३, २०८२

शंकर आचार्य

Young man injured in stabbing

पर्सा — वीरगन्ज–१६ फूलबारी टोलमा मंगलबार साँझ पुरानो विवादका कारण भएको झगडामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । साढे ६ बजेको समयमा उक्त घटना भएको हो ।

वीरगन्ज–१६ नगवाका १८ वर्षीय सुरज महतोलाई पुरानो वादविवादका कारण कुटपिट तथा चक्कु प्रहार गरी घाइते बनाइएको थियो । प्रहरीले महतोलाई नारायणी अस्पतालमा उपचारार्थ भर्ना गरेको छ । उनको पेटमा १ इन्च गहिरो घाउ रहेको छ । उनी खतरामुक्त छन् ।

घटनामा संलग्न रहेका वीरगन्ज–१६ फूलबारी टोलका २० वर्षीय सोनी श्रीवास्तव, उनका भाइ १८ वर्षीय मोनु श्रीवास्तव र २२ वर्षीय विक्की पटेल फरार रहेका छन् । उनीहरूको खोजतलास भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully