लहान नगरद्वारा १ सय ५ जना गर्भवती र सुत्केरीलाई पौष्टिक आहार

यो अवधिमा नगरका २४ वटै वडाका गरी सयौं गर्भवती तथा सुत्केरी महिला यसबाट लाभान्वित भएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

पुस २२, २०८२

विनय आजाद

Lahan Municipality provides nutritious food to 105 pregnant and postpartum women

सिरहा — लहान नगरपालिकाले एक सय बढी गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार प्रदान गरेको हो । सिरहाको लहान-२३, गाढाका १ सय ५ जना गर्भवती तथा सुत्केरीलाई मंगलबार पौष्टिक आहार प्रदान गरेको हो ।

नगरपालिकाका अनुसार पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाबिनजस्ता पौष्टिक खानेकुरा समावेश छन् । तीन वर्षदेखि पोषण प्याकेज कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले प्रत्येक महिनाको २२ गते पोषण सामग्री वितरण गर्छ ।

यो अवधिमा नगरका २४ वटै वडाका गरी सयौं गर्भवती तथा सुत्केरी महिला यसबाट लाभान्वित भएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

नगरपालिकाले पोषण प्याकेज प्राप्त गर्नका लागि स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउनुपर्ने नियम बनाएको छ । यसले विगतमा गर्भवतीले जाँच नै नगराउने प्रवृत्तिलाई अन्त्य गरेको र समाजमा स्वास्थ्य सचेतना पनि बढेको मेयर चौधरीले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully