विद्युतीय गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट गम्भीर घाइते दीपेन्द्र बैठाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिए ।

पुस २१, २०८२

शिव पुरी

Motorcyclist dies after being hit by electric vehicle

रौतहट — रौतहटको बौधीमाईमा  सोमबार विद्युतीय (ईभी) गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बौधीमाई नगरपालिका–१, भुवाली चौकमा  पिपरीयाबाट अजगैबी जाने भित्री सडक खण्डमा बाग्मती प्रदेश ०३–००१ ज ७६६ नम्बरको  विद्धुतीय गाडीले प्लाटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाईस्थित इनर्वाका २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिए । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । बैठाको उपचारका क्रममा मृत्यु भएको हो । बैठाले चलाएको मोटरसाइकल 'वन टेस्ट' थियो ।

ठक्कर दिने गाडी र जिल्लाको  राजपुर नगरपालिका–५ घर भएका चालक  उपेन्द्र साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको  शव प्रादेशिक अस्पताल गौरमै राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कँडेलले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully