वीरगन्जमा बिहान ८ बजेसम्म कर्फ्यू लगाइयो

यसअघि दिउँसो जारी गरिएकोमा निषेधाज्ञाकाबीच दुवै पक्षले ठाउँठाउँमा प्रदर्शन नरोकेपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यू लगाइएकाे हाे।

पुस २१, २०८२

शंकर आचार्य

Curfew imposed in Birgunj until 8 am

पर्सा — निषेधाज्ञाबीच पनि दुई समूहको प्रदर्शन नराेकिएपछि वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ।

यसअघि दिउँसो जारी गरिएकोमा निषेधाज्ञाकाबीच दुवै पक्षले ठाउँठाउँमा प्रदर्शन नरोकेपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यू लगाइएकाे हाे।   

प्रमुखजिल्ला अधिकारी भोला दाहालको आदेशले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८बजेसम्मका लागि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यू लगाइएको हो।

यस अवधिमा आवतजावत, भेला, जुलुस, सभा, बैठकलगायत गर्न नपाइने र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully