हत्या गरिएका वन हेरालुको शिर झाडीमा

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा झाडीभित्र फालिएको अवस्थामा महतोको शिर फेला परेको हो।

पुस २०, २०८२

ओमप्रकाश ठाकुर

The head of the murdered forest ranger lies in the bush

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु रामईश्वर महतोको घाँटी छिनाएर गरिएको बीभत्स हत्या घटनामा उनको शिर नजिकैको झाडीमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो करिब पौने १ बजे घटनास्थलदेखि सय मिटर दक्षिणतर्फको झाडीभित्र फालिएको अवस्थामा महतोको शिर फेला परेको हो।

यसअघि शिरविहीन शव शनिबार फेला परेको थियो। घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

ओमप्रकाश ठाकुर

Link copied successfully