मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले आश्रमका स्वयंसेवीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको इमानदारी, सेवा भावना र योगदानको प्रशंसा गरेका थिए ।
पर्सा — मानव सेवा आश्रम वीरगञ्ज शाखाले आफ्नो आठौं वार्षिकोत्सव शनिबार वीरगञ्जमा सम्पन्न गरेको छ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आश्रमले एक वर्षभित्र सम्पन्न गरेका गतिविधि, दाता विवरण तथा आय–व्यय विवरण सार्वजनिक गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले आश्रमका स्वयंसेवीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको इमानदारी, सेवा भावना र योगदानको प्रशंसा गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले मानव सेवा, सामाजिक उत्तरदायित्व तथा सहयोगको महत्त्वबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले राखेका थिए।
