महानगरपालिकाले यसअघि पुस ७ गतेदेखि १४ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेकोमा हाल थप तीन दिन बिदा बढाएको हो।
पर्सा — शीतलहर लम्बिएपछि वीरगन्ज महानगरपालिकाले दोस्रो पटक विद्यालय बिदा थप गरेको छ।
महानगरपालिकाले यसअघि पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेकोमा हाल थप तीन दिन बिदा बढाएकोहो।
बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरिएको महानगरपालिकाको कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जनाएको छ।
शैक्षिकप्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा मन्टेश्वरी र कोचिङ कक्षाहरुमा समेत बिदा दिइएको उल्लेख छ। सूचना अनुसार पुस २० गतेदेखि मात्र विद्यालयहरू नियमित सञ्चालन हुने छन्। हालको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको महानगरले जनाएको छ।
