चालक घाइते
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको दोस्रो लच्कानजिकै ग्यास बोकेको बुलेट टयांकर सडकमै पल्टिएपछि मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।
दुर्घटनामा ट्रक चालक घाइते भएका छन् । राजमार्गको अवरोध खुल्न अझै ४/५ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास लोड बुलेट ट्रक स्ट्रिङ जाम भई अनियन्त्रित हुँदा सडकको बीचमै दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।
दुर्घटनामा भारत जिल्ला कदोरमा थाना जयनगरका ३७ वर्षीय पवन यादव घाइते भएका छन् ।
