दलित र विपन्न बस्तीमा न्यानो कपडा वितरण

लहान नगरपालिकाले दलित र विपन्नलाई कम्बल वितरण सुरु गरेको हो ।

पुस १२, २०८२

विनय आजाद

Warm clothes distributed to Dalit and underprivileged slums

सिरहा — मधेशमा चिसो बढेसँगै लहान नगरपालिकाले दलित तथा विपन्न बस्तीमा न्यानो कपडा वितरण सुरु गरेको छ ।

नगरपालिकाले दलित र विपन्नलाई कम्बल वितरण सुरु गरेको हो ।

यसैक्रममा शनिबार नगरपालिकाले वडा १५ स्थित बानोका २८ जना विपन्न मुसहर परिवार र वडा २४ का ८५ जना दलित तथा विपन्न नागरिकलाई न्यानो कम्बल प्रदान गरेको छ । यसपालि जाडोमा नगरका सबै वडामा गरी पाँच सयभन्दा बढी कम्बल वितरण गरिने नगर प्रमुख महेशप्रसाद चौधरीले बताए ।

यस्तै, नगरपालिकाले सर्वसाधारण र बटुवालाई लक्षित गरी गाउँ तथा बजारका मुख्य स्थानहरूमा दाउरा उपलब्ध गराएर आगो बाल्ने व्यवस्था मिलाएको छ । मानिसहरूको बढी जमघट हुने स्थानहरूमा यस्तो व्यवस्था मिलाइएको मेयर चौधरीले जनाए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully