भारतीय मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखेको ५ किलो गाँजा बरामद भएको छ ।
पर्सा — सशस्त्र प्रहरीले बल, नेपाल पर्साद्वारा प्रतिबन्धित लागू औषध गाँजा तस्करी गरिरहेको अवस्थामा एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालकों कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले चेक प्वाइन्ट थापी चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवाका ४३ वर्षीय रवीन्द्र महतो सवार बीआर २२ यु ११७८ नम्बरको भारतीय मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखेको ५ किलो गाँजा बरामद भएको छ ।
त्यसैगरी, भारत बिहार जिल्ला बेतिया बेहरा झुम्का–१४ घर भएका ३७ वर्षीय अशोक महतो सवार, बीआर २२ ए ५३०२ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखेको चार किलो तीन सय ग्राम लागूऔषध गाँजा गरी नौ किलो तीन सय ग्राम गाँजा बरामद भएको छ ।
बरामद लागू औषध गाँजा र मोटरसाइकलसहित उनीहरूको साथमा रहेको दुई थान मोबाइल र भारतीय रुपैयाँ १ हजार ४ सय ५० सहित उनीहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योन्जनले जानकारी दिएका छन् ।
