अभियुक्तहरू स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन् । उनीहरू भारतमा लुकीछिपी बस्दै आएका थिए ।
सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मृत्यु प्रकरणका दुवे अभियुक्त पक्राउ परेका छन् ।
अभियुक्तहरू स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन् । उनीहरू भारतमा लुकीछिपी बस्दै आएका थिए ।
दुवैलाई गत बुधबार सीमावर्ती नवराजपुर-३ झाँझपट्टीबाट इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले पक्राउ गरेको हो । अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् ।
आनन्दी गत वैशाख २ गते दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २०८१ पुस ९ मा उनीमाथि सञ्जीव र श्यामसुन्दरले सामूहिक बलात्कार प्रयास गरेका थिए । तर, एकातिर प्रहरीले त्यतिबेला जाहेरी दर्ता गर्न तथा आरोपितलाई पक्राउ गर्न आनाकानी गर्दा र अर्कोतिर आरोपित पक्षले गाउँमै मिल्न दबाब दिँदा तनावमा रहेकी आनन्दी मृत भेटिएकी थिइन् ।
