रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट: एक जनाको मृत्यु, आधादर्जन घाइते 

विस्फोटमा परि ६ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये तिनजनाको अवस्था गम्भिर छ ।

पुस १२, २०८२

शिव पुरी

Explosion at Jyoti Distillery in Rautahat: One dead, half a dozen injured

What you should know

रौतहट — रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक कामदारको घट्नास्थलमै मृत्यु भएको छ ।

विस्फोटमा परि ६ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये तिनजनाको अवस्था गम्भिर छ ।

बिहान इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा डिस्टिलरीको काम गरिरहेका ८ जना मध्ये कटहरिया नगरपालिका–९ बलुवा गाउका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले घट्नाको पुष्टि गर्दै घट्नास्थलमा जिल्लाबाट डिएसपी सहितको टोली खटिएको जानकारी दिए । ‘विस्फोटमा मृत्यु र आधा दर्जन घाइते भएका छन्,’ उनले भने, ‘घट्नाको अनुसन्धानका लागि टोली खटिसकेको छ ।’ 

शक्तिशाली विस्फोट भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विस्फोटमा परि मृतक यादवलाई उडाएर रोड पारी पुर्‍याएको थियो । एसपी कार्कीका अनुसार ड्यूटीमा ८ जना मध्ये एकजना धुम्रपान गर्न बाहिर निस्केको बेला विस्फोट भएको थियो । त्यही कारण उनी जोगिए ।

जिल्ला प्रहरीका अनुसार विस्फोटमा परि डिस्टलरीमा काम गर्ने रहमोद आलम, प्रमजित यादव, जगदिश यादव घाइते भएका छन् । जगदिशको हातखुट्टा जलेको छ । उनको अवस्था गम्भिर छ । अर्का घाइते बिगन यादवको पनि हात खुट्टा जलेको छ । उनको पनि अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

अर्का घाईते मुकेश यादवको पनि हात खुट्टा जलेको छ । उनी पनि गम्भिर छन् । अर्का कैलाश माली पनि घाइते छन् । घाइतेहरुलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगजतर्फ रेफर गरिएको छ । जलेका घाइतेलाई राजधानी लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ । विस्फोटको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले विस्फोट भएको क्षेत्रमा गरुडा, बिजयपुरबाट समेत प्रहरी परिचालन गरिएको एसपी कार्कीले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully