शीतलहर लम्बिएपछि वीरगन्जका विद्यालय थप दुई दिन बिदा

महानगरपालिकाको कार्यालयले शनिबार सूचना प्रकाशित गरी पुस ७ देखि ११ गतेसम्म पाँच दिनका लागि महानगरका सामुदायिक र संस्थागत विद्यालयहरूमा गरेको पठनपाठनको स्थगनलाई सोमबारसम्म निरन्तरता दिएको हो ।

पुस १२, २०८२

शंकर आचार्य

Birgunj schools to remain closed for two more days as cold wave continues

पर्सा — शीतलहर लम्बिँदै गएपछि वीरगञ्ज महानगरपालिकाको कार्यालयले पूर्वघोषित विद्यालय बिदालाई थप दुई दिन निरन्तरता दिएको छ ।

महानगरपालिकाको कार्यालयले शनिबार सूचना प्रकाशित गरी पुस ७ देखि ११ गतेसम्म पाँच दिनका लागि महानगरका सामुदायिक र संस्थागत विद्यालयहरूमा गरेको पठनपाठनको स्थगनलाई सोमबारसम्म निरन्तरता दिएको हो ।

पुस १५ गते तमु ल्होसार परेका कारण सार्वजनिक बिदा परेको हुँदा विद्यालयहरू पुस १६ देखि मात्र नियमित सञ्चालन हुनेछन् । महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा बिदाबाट विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा हुने र अनावश्यक जोखिमबाट बच्न सकिने अपेक्षा गरिएको छ ।

यसअघि जारी सूचनामा पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार सट्टा बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गतेदेखि विद्यालय खुल्ने उल्लेख थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully