प्रहरी टोलीले विशेष सूचनाको आधारमा कोल्हवी-१ बाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।
बारा — प्रहरीले नेपालबाट भारततर्फ लग्दै आधा किलो अफिमसहित ३ जनालाई शनिबार पक्राउ गरेको छ । तामागढी-सिम्रौनगढ सडक खण्डको कोल्हवी बजारमा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोल्हवी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कोल्हवी-१ बाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए । उनीहरूको साथबाट मधेस प्रदेश २-०३-००५ प ६३१२ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ । उनकाअनुसार रौतहट चन्द्रपुर नगरपालिका-१० का ३२ वर्षीय राजेश साह, वडा २ का २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम पक्राउ परेका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
चुरे पहाड क्षेत्रबाट उत्पादन हुने अफिम तीन ठाउँ (तीन चरण)मा लेनदेन गरी व्यापारीहरूले भारतीय बजारमा पुर्याउने गरेका छन् ।
