ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको साइकललाई ना ७ ख ७३६९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार लालबन्दी–२ का मेन्डु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको हो ।

पुस ११, २०८२

ओमप्रकाश ठाकुर

Cyclist dies after being hit by truck

सर्लाही — नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२ जुटपानीमा ट्रकले साइकललाई ठक्करदिँदा साइकलमा सवार एक जनाकाे मृत्यु भएको छ ।

नवलपुरबाटमलंगवातर्फ आउँदै गरेको साइकललाई ना ७ ख ७३६९ नम्बरको कबाड बाेकेकाे १४ चक्के ट्रकले ठक्कर दिँदा साइकल यात्री लालबन्दी–२ का करिब ६० वर्षका मेन्डु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको हो । 


दुर्घटनामासंलग्न ट्रक र मृतकको शव घटनास्थलमै रहेको छ भने ट्रकचालक फरार भएका छन् । चालककाे विवरण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ओमप्रकाश

Link copied successfully