सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुरमा पैदलयात्री र बलरामा चालकको मृत्यु भएको हो ।

पुस १०, २०८२

ओमप्रकाश ठाकुर

Two people die in separate road accidents in Sarlahi

सर्लाही — सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।

नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मलंगवा नगरपालिका–७ मुसैलीका ७० वर्षीय रामविलास महतो गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगन्जमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, बलरा नगरपालिका–१० सुदामा ब्यारेज नजिकको भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा म.प्र.०३–०२९ प ३७४४ नम्बरको मोटरसाइकल सडकको बायाँपट्टि खेतमा पल्टिएको अवस्थामा फेला परेको थियो।

मोटरसाइकल चालक रामनगर गाउँपालिका–१ का ४५ वर्षीय संजय राय यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गडहियाले जानाएको छ।

ओमप्रकाश

Link copied successfully