विपन्न वर्गलाई राहत बाँड्न कम्बल हस्तान्तरण

संघका अध्यक्ष हरिप्रसाद गौतमसहितको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुधबार कम्बल हस्तान्तरण गरेको हो ।

पुस १०, २०८२

शंकर आचार्य

Blankets handed over to distribute relief to the underprivileged

पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघको सहजीकरणमा विपन्न वर्गलाई राहत वितरण गर्न स्थानीय प्रशासनलाई कम्बल हस्तान्तरण गरिएको छ ।

एक्कासी बढेको चिसोसँगै शीतलहरले वीरगन्ज तथा वरपर क्षेत्रका जनजीवन प्रभावित भइरहेको बेला संघका अध्यक्ष हरिप्रसाद गौतमसहितको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुधबार कम्बल हस्तान्तरण गरेको हो । 

प्रतिकूल मौसमका कारण गरिब, विपन्नवर्गलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ संघको सहजीकरणमा स्थानीय उद्योगपती तथा सामाजिक संघ संस्थाहरुले ३ सय ७५ थान कम्बल प्रमुख जिल्ला अधिकारी दाहाललाई हस्तान्तरण गरेको हो ।  

संघको सक्रियतामा एवं वीरगन्जस्थित समर्पण सेवा संस्था, मारुती पेपर केमिकल ईण्ड प्रालि, सुशील वनस्पती प्रालिका साथै वीरगन्ज राउण्ड टेबल–३ ले पर्सा–बारामा बसोबास गर्ने गरिब, विपन्नवर्गलाई जाडोयाममा उपयोगी हुने कम्बल उपलब्ध गराएका थिए । 

कार्यक्रममा संघका अध्यक्ष गौतम, सुशील वनस्पती प्रालिका महाप्रबन्धक विमल शर्मा, वीरगन्ज राउण्ड टेबल–३ का अंशुमान अग्रवाल, हेमन्त वैध, अंकित अग्रवाल, निशान्त चाचानलगायतको उपस्थिति थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully