गाँजाका पोका नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योन्जनले जानकारी दिए ।
पर्सा — सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट १ सय २० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी प्रसौनिभाठाबाट बुधबार खटिएको टोलीलाई देखेर केही व्यक्तिले नेपालबाट भारततर्फ बोकेर लैजाँदै गरेका आठवटा प्लाष्टिकका पोका छोडी भागेका थिए । उक्त पोका खोली हेर्दा तिनमा लागूऔषध गाँजा फेला परेको हो ।
उक्त गाँजाका पोका नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योन्जनले जानकारी दिए ।
