ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका सडक दुर्घटना हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम चलाइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।
What you should know
सिरहा — जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । ट्राफिक प्रहरीले जिल्लाका विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम गरिरहेको हो ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका सडक दुर्घटना हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम चलाइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार, मंगलबार बरियारपट्टी गाउँपालिका-३ दौरीपट्टीस्थित जनता उच्च माध्यमिक विद्यालयमा यो कार्यक्रम गरिएको छ । विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको छ ।
विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा जानकारी तथा सचेत गराइएको तिमिल्सिनाले बताए । यो कार्यक्रम निरन्तर भइराख्ने र यसले दुर्घटना न्यूनीकरणमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे ।