पर्सागढी नगरपालिका–३ झबराहाकी २१ वर्षीया सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले वीरगन्जमा प्रदर्शन गरेका थिए ।
पर्सा — मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित एक धर्मशालामा मृत फेला परेकी त्रिशाला होटलकी कर्मचारी सुनिता स्याङ्बोको परिवारलाई जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सन्जालले नगद सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा सन्जालका संयोजक प्रहरी उपरीक्षक सुदीपराज पाठकलगायत सदस्यले संयुक्त रूपमा ५० हजार ५ रुपैयाँको चेक सुनिताकी आमा कान्छीमाया स्याङ्बोलाई आइतबार हस्तान्तरण गरेका हुन् ।
यसअघि पर्सागढी नगरपालिका–३ झबराहाकी २१ वर्षीया स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन गरेका थिए ।
कोषमा हाल ३४ लाख ११ हजार रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम यसरी लैंगिक हिंसाका पीडितलाई राहत स्वरूप वितरण गरिने प्रहरी उपरीक्षक पाठकले बताए ।
