ट्रकबाट बरामद भयो २ क्विन्टल ४० किलो चरेस

ट्रकको क्याबिनमाथि फल्स बटन बनाई लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा चरेस बरामद भएको हो ।

पुस ६, २०८२

शंकर आचार्य

2 quintals of 40 kg of hashish seized from truck

पर्सा — प्रहरीले वीरगन्जबाट ठूलो परिमााणमा लागुऔषध चरेस बरामद गरेको छ ।

पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले विशेष सूचनाका आधारमा शनिबार राति साढे ७ बजे वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर ढाँटस्थित सडक खण्डमा सवारीसाधन जाँच क्रममा चरेस बराम भएको बताए ।

उनका अनुसार मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटन बनाई लुकाएर राखिएको २ क्विन्टल ४० किलो चरेस फेला परेको हो । ट्रक चालक मकवानपुर थाहा नगरपालिका-११ का २९ वर्षीय सरोज मोक्तान र उक्त ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय नवराज लो पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाठकले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully