जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम आशिष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुर — मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम आशिष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।
सात दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
प्रदेशसभामा अविश्वासको प्रस्ताव दुई तिहाइले पारित भएपछि तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका थिए । पद अनुकूल आचरण नगरेको भन्दै उनीविरुद्ध २७ कात्तिकमा सात दलीय गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । सभामुख पदका लागि भोलि निर्वाचन हुनेछ ।
