खैरो हेरोइनसहित चार पक्राउ

पक्राउ परेकाहरुमा वीरगन्ज–१६ का १९ वर्षीय चन्दनकुमार पंडित, पर्सा बहुदरमाई नगरपालिका–१ का ४० वर्षीय राजकिशोर मिश्रा र भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं ६ का २७ वर्षीय सचिन सिंह छन् ।

पुस ४, २०८२

शंकर आचार्य

Four arrested with brown heroin

पर्सा — प्रहरीले वीरगन्जबाट लागुऔषध खैरो हेरोइन तस्करीमा संलग्न एक भारतीयसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । 

दिउँसो २ बजेतिर वीरगन्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो वीरगन्जको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई शरीर तलासी गर्दा वीरगन्ज महानगरपालिका–१९ विन्दवासिनीका ३० वर्षीय शम्भू राउत कम्करको साथबाट लागुऔषध खैरो हेरोइन फेला परेको थियो । उक्त हेरोइन प्लास्टिकसहित ४५ ग्राम परिमाणमा रहेको छ ।

पक्राउ परेकाहरुमा वीरगन्ज–१६ का १९ वर्षीय चन्दनकुमार पंडित, पर्सा बहुदरमाई नगरपालिका–१ का ४० वर्षीय राजकिशोर मिश्रा र भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं ६ का २७ वर्षीय सचिन सिंह छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully