मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिँदै

सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

पुस ३, २०८२

अजित तिवारी

Madhesh Chief Minister Yadav to take vote of confidence on Friday

जनकपुर — मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिँदैछन् । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully